जेनजीको प्रदर्शनमा समर्थन छ, म जान मिल्दैन : मेयर बालेन

काठमाडौं । जेनजी पुस्ताले गर्ने आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो समर्थन जेनजी पुस्ताको आन्दोलनमा रहेको उल्लेख गरेका छन्। तर उमेर हदबन्दीका कारण आफू आउन नमिल्ने बताएका छन्।

‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरूपमा जेनजीको हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु,’ उनले लेखेका छन्, ‘मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोँच बुझ्न मन छ।’

उनले यस आन्दोलनलाई कुनै पनि पार्टी, नेता, कार्यकर्ता लगायतले आफ्नो स्वार्थ पूरा गर्न नसोच्न पनि बताएका छन्।

‘भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरूरी छ, मेरो भरपुर समर्थन छ। प्रिय जेनजी भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ?,’ उनले लेखेका छन्।

जेनजी पुस्ताले सोमबार बिहान ८ बजेदेखि आन्दोलनको तयारी गरिरहेको छ। यस आन्दोलनमा उनीहरूले दुई वटा माग राखेका छन्।

सरकारले हालै सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार मौलाएको विरोधमा प्रदर्शन गर्न लागेका हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित