काठमाडौं । झापाको भद्रपुर नगरपालिका ३ भैसाबाडीस्थित मेची खोलामा बगाउँदा एक वृद्धको मृत्यु भएको छ।
शनिबार दिउँसो स्थानीयले खोलामा एक पुरुषलाई खोलाले बगाउँदै गरेको देखेपछि बाहिर निकालेको प्रहरीले जनाएको हो। मृत फेला परेका पुरूष कचनकवल गाउँपालिका ६ पैनीटोला निवासी ६५ वर्षीय सोनुलाल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकलाई उनकी छोरी सुसिला मुर्मुले पहिचान गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुर्मु नेपालबाट भारततर्फ छोरीको घर जान मेची खोलामा पैदल तर्ने क्रममा डुबेका हुन्। मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
























