इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायली कब्जा बलहरूले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ ।

रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीहरूको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् ।

आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ ।

गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरहरूमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलार्ई निशाना बनाइ गरेको आक्रमणमा दुईजना प्यालेस्टिनीहरुको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित