काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने पक्षमा ६ नेता उभिएका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्व सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने विषयमा असहमति राख्दै आइरहेका थिए। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार तीन घन्टा चलेको बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टसमेत थपिएका हुन्।
विधान महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकमा ६ जना नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले फर्कन रोक लगाउन नहुने र यसले विग्रह पैदा गर्ने धारणा राखेका थिए।























