झलनाथ-घनश्याम पक्षीय नेताहरुको भेला बानेश्वरमा सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो । पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि नेताहरू छलफलमा जुटेका हुन् ।

बैठकमास्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, रामकुमारी झाक्री, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।

बैठकमा सहभागी नेताहरूले यो छलफललाई अनौपचारिक भनेका छन् । पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित