इजरायलको आक्रमणबाट यमनका प्रधानमन्त्री मारिए

एजेन्सी । यमनको हुथी विद्रोही नियन्त्रित सरकारका प्रधानमन्त्री अहमद गालिब अल–रहावी इजरायलको हवाई आक्रमणमा मारिएका छन् ।

आक्रमणमा ऊर्जा, परराष्ट्र, युवा तथा खेलकुद, सामाजिक मामिला, श्रम मन्त्री र सूचना मन्त्रीसहित अन्य अधिकारी पनि मारिएको हुथी सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हुथी सुप्रिम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातले घटनाबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ । इजरायली आक्रमणमा पहिलोपटक हुथीका वरिष्ठ अधिकारीहरू मारिएका हुन् । बिहीबार सानामा भएको आक्रमणमा केही घाइते भएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

इजरायलले आक्रमण इरान समर्थित हुथी समूहका सेनाप्रमुख, रक्षा मन्त्री र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरी गरिएको जनाएको छ । तर रक्षा मन्त्री मारिएको हो वा होइन भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

रहावी एक वर्षअघि प्रधानमन्त्री बनेका थिए तर वास्तविक नेतृत्व उपप्रधानमन्त्री मुहम्मद मिफ्ताहले गरेका थिए । प्रधानमन्त्री मारिएसँगै उनलाई प्रधानमन्त्रीको कार्यभार तोकिएको छ ।

सन् २०१४ मा हुथीहरूले तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहलाई सानाबाट हटाएपछि गृहयुद्ध शुरू भएको हो । त्यसयता यमन सानास्थित हाउथी प्रशासन र एडनस्थित साउदी समर्थित सरकारबीच विभाजित छ ।

हमासविरुद्ध इजरायल–गाजा युद्ध शुरू भएयता हुथीहरूले रातो सागरमा व्यापारी जहाज र इजरायलतर्फ मिसाइल आक्रमण गर्दै आएका छन् । इजरायलले जवाफस्वरूप हुथी नियन्त्रणका क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

शनिबार इजरायल रक्षा मन्त्री इजरायल काट्जले यो आक्रमणलाई हुथीविरुद्धको विनाशकारी प्रहार भन्दै यो केवल शुरूआत मात्र हो भनेका छन् ।

प्रधानमन्त्रीको मृत्यु पुष्टि भएलगत्तै हुथी सञ्चालित समाचार एजेन्सी सबाले रक्षा मन्त्री मोहम्मद अल–अतिफीको वक्तव्य प्रकाशित गर्दै समूह इजरायलसँग सामना गर्न तयार रहेको जनाएको छ ।

गत वर्षभरि इजरायलले हमास र हिजबुल्लाहका वरिष्ठ नेता र कमाण्डरहरूलाई लक्षित गर्दै श्रृंखलाबद्ध हत्या गर्‍यो, जसले दुवै समूहलाई कमजोर पारेको छ ।

इजरायली सुरक्षा स्रोतका अनुसार बिहीबारका आक्रमणमा हुथीका वरिष्ठ अधिकारीहरूको ठूलो जमघट भएको विभिन्न स्थानलाई लक्षित गरिएको थियो । उनीहरू हुथी नेता अब्दुल–मलिक अल–हाउथीको पूर्व–रेकर्ड गरिएको सम्बोधन हेर्न भेला भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित