छोरीलाई जन्म दिएपछि बितिन् प्रदेशसभा सदस्य पुन

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो।

एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काकाअनुसार पूर्वी रुकुमको तकसेरा निवासी पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो।

दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको खड्काले बताए।

स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि मात्रै उनलाई थपचारको लागि काठमाडौँ ल्याइएको थियो। उनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा बनेकी थिइन्। पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समितिको सदस्यसमेत थिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित