पहिलो पटक अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ ।

उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही टोलीलाई बिदाइ गरे ।

उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।

नेपाल सरकारले हालैमात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो ।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीको संयुक्त प्रयासले हिमालारोहणका क्षेत्रमा नयाँयुगको सुरुआत हुने विश्वास व्यक्त गरेका छन् ।

“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ”, मन्त्री पाण्डेले भने ।

अपि गाउँपालिकाबाट संलग्न टोलीमा १५ जना आरोही सहभागी छन् । आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणका क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित