रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-३२ जडिबुटी आकाशेपुल नजिकै रोकिएको बा.प्र ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान पौने तीन बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका-१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका-२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो। पौडेलको उपचारको क्रममा शुक्रबार बिहान साढे तीन बजे र नेपालको बिहान पौने चार बजे मृत्यु भएको हो।

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भइ हाल काँडाघारी बस्ने वर्ष २५ का सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित