जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। आज बिहान भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।

नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा ठाँडाबजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा नगदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।

सोही ठाउँका १८ वर्षीया सुशीला बि।क, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र ४४ वर्षीय प्रकाश बि।क घाइते भएका छन्। उनीहरु सबैको गम्भीर अवस्थामा डडेल्धुरा अस्पतालमा उपचार भइहरेको छ।

जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको थियो। दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित