सुटकेसमा महिलाको शव : एक जना पक्राउ

रौतहट । रौतहटमा सुटकेशभित्र महिलाको शव फेला परेको घटनामा अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शनिबार गौर नगरपालिका २ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको घटनामा प्रहरीले एक जना पक्राउ परेका हुन्। रौतहट प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाइसकेको छैन। अन्य व्यक्तिहरूमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीका अनुसार अनुसन्धान प्रगतिको दिशामा छ। ‘सबै कुरा खुलिसकेको छैन। धेरै जनासँग सोधपुछ गर्ने काम भइरहेको छ। यसमा संलग्न व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ,’ उनले भने।

रूवीकुमारी साहको भारतमा विवाह भएको थियो। उनी छोरालाई पढाउन माइती बस्दै आएकी थिइन्।

शनिबार अबेर राति भने गौर सिरसिया सडकमा सुटकेस फेला परेको हो। घटना शंकास्पद हुनसक्ने भएपछि प्रहरी रातभरि रूँगेर बसेको थियो।

बिहान खोलेर हेर्दा रूवीकुमारीको शव फेला परेको थियो। मधेस प्रदेश प्रहरी प्रमुखका डिआइजी उमाप्रसाद चतुर्वेदीले आरोपीको पहिचान खुलिनसकेको बताए।

शव ओसारपसारमा संलग्न भएको आशंकामा एक जना नियन्त्रणमा रहेको पनि उनले बताए। ‘शव निकाल्ने, र ओसारपसारमा संलग्न भएको आशंकामा एक जना नियन्त्रणमा छन्,’ उनले भने, ‘घटना कसैको कोठा भित्र भएको देखिन्छ।’

करिब तीन किलोमिटरको दुरीमा रहेको एक घरको कोठाभित्र उनको हत्या भएको प्रहरीको अनुमान छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित