काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अट्वारी पर्वको अवसरमा ८ साउनमा बिदा दिइएको बताए । कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।
थारु समुदायमा पुरुषहरूले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् । दाजुभाइहरूले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि व्रत बसी बेलुकी पूजा गर्ने चलन छ ।























