‘आधारभूत तहका प्रहरीको १६ वर्षमै पेन्सन’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै पेन्सन हुने गरी कानुन निर्माण गर्न लागिएको बताएका छन्।

नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिबद्धता व्यक्त गरे।

‘प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्ति हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ,’ उनले भने, ‘प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई हामीले आधारभूत तह भनेका छौँ। अब बन्ने कानुनमा यो तहका प्रहरी १६ वर्षमै सेवा निवृत्ति हुनेछन्।’

उनले आधारभूत तहका प्रहरीले १६ वर्षमम्म उभिएर न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले उनीहरूलाई १६ वर्षमै पेन्सन हुने व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘निजामति कर्मचारी कुर्सी टेबुलमा बसेर जम्मा ५-६ घण्टा काम गर्छन्,’ उनले भने, ‘त्यसरी हिसाब गर्दा आधारभूत तहका प्रहरीले १६ वर्षमै २३/२४ वर्ष काम गरेको देखिन्छ।’

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने पनि बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित