काठमाडौं । अमेरिका भ्रमण रहेकी उपसभामुख इन्दिरा राना मगर र कांग्रसका नेता डा. शेखर कोइरालाबीच फोनवार्ता भएको छ।
कांग्रेस एमालेले उपसभामुखको आचरणमा प्रश्न उठाउँदै हटाउन हस्ताक्षर संकलन गरेपछि उपसभामुख रानाले कोइरालासँग कुराकानी गरेकी हुन्।
कांग्रेस नेता कोइराला रानालाई हटाउन नहुने पक्षमा छन्।
उपसभामुखलाई हटाउन कांग्रेसले पार्टीका सांसदहरूको खालि कागजमा हस्ताक्षर संकलन गरिरहेको भएपनि शेखरसहित उनी पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्।




































