टप इन्ड सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ ।

नेपाललाई ६६ रनको फराकिलो जित दिलाउन फास्ट बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।

प्रतियोगितामा पहिलोपटक पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रनको बलियो स्कोर बनाएको थियो । हुरिकेन्सले अनुशासनहिन बलिङ गर्दै ३१ अतिरिक्त रन उपहार दिएर नेपाललाई सघायो । जवाफी ब्याटिङमा हुरिकेन्स १६।१ ओभरमा ११४ रनमा अलआउट भएको छ ।

प्रतियोगितामा दोस्रो म्याच खेलिरहेका नन्दनले घातक बलिङ गरे । उनले करिअर बेस्ट आँकडा निकाल्दै ३ ओभरमै ५ विकेट लिन सफल भएका छन् । यसका लागि उनले १७ रन खर्चिए । नेपालका कप्तान रोहितकुमार पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक(एक विकेट लिए । कुशलले कसिलो बलिङ गर्दै ४ ओभरमा १९ रन मात्रै खर्चिएका थिए ।

दोस्रो इनिङको पहिलो ओभरमा कप्तान पौडेल आफैं बलिङमा आएर सबैलाई चकित बनाए । उनको यो एक्सपेरिमेन्ट सफल पनि भयो । रोहितले पहिलो ओभरमा कुनै पनि रन नदिइकन एक विकेट लिए । तर, त्यसपछि फेरि उनी बलिङमा फर्किएनन् ।

पहिलो ओभरबाटै रक्षात्मक बनेको हुरिकेन्स् कुनै पनि क्षण खेलमा फर्किन सकेन । हुरिकेन्सका लागि ब्रान्डले होपले सर्वाधिक ३१ रन र ताली वकिमले २८ रनको योगदान गरे ।

उत्कृष्ट सुरुवात गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमा ४९ रनको आक्रमक साझेदारी गर्दै बलियो आधारशीला खडा गरेका थिए । मध्यक्रमका भीम सार्कीले १८ बलमा १८ रन जोड्दा आरिफ शेखले २६ बलमा ३३ रन बनाए । सातौं नम्बरमा आएका लोकेश बमले नेपालको इनिङ उकास्दै ११ बलमा २५ रन जोडेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित