गौर नरसंहारको परमादेश : तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा गृहमन्त्री

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर नरसंहारको मुद्दा अघि बढाउन परमादेश जारी गरेपछि गृहमन्त्री रमेश लेखकले त्यसको कार्यान्वयनका विषयमा परामर्श अघि बढाएका छन्।

तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग अहिले उनले गृहमन्त्रालयमा छलफल गरिरहेका छन्। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायत सहभागी छन्।

०६३ चैत ७ मा भएको उक्त घटनाको अनुसन्धान र अभियोजन अघि नबढाएर सरकारी निकायहरूले लापरबाही गरेको राष्ट्रिय मानवअधिकार आयोगले समेत ठहर गरेको छ। २७ जनाको ज्यान जाने गरी भएको घटनामा १३० जनाविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन आयोगले सिफारिस गरिसकेको छ।

उक्त सिफारिस कार्यान्वयन नभएको भन्दै त्रिभूवन शाहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सोमबार सरकारका नाममा परमादेश जारी गरेको थियो।

परमादेशको लिखित पाठ भने सार्वजनिक गरिएको छैन। यसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध मुद्दा चलाउने बाटो खुलेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित