टप एन्ड टी–२० शृंखला : नेपालको लगातार तेस्रो हार

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार बिहान भएको खेलमा नेपालले मेलबर्न स्टार्ससँग ३१ रनको हार बेहोरेको हो ।

खेलमा मेलबर्नले १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका ओपनर आसिफ शेखले ५३ रनको अर्धशतकीय इनिङ खेले पनि टिमको हार टार्न सकेनन् । उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा चार चौकासहित २५ रन थपे ।

कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल मल्लले ११ रन जोडे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । मेलबर्नका अस्नि अन्लेजर्क र डोउग र वारनले समान दुई विकेट लिए । आर्यन शर्माले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको मेलबर्न स्टार्सले २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका ब्लाक म्याकडोनाल्डले सर्वाधिक ७४ रनको योगदान गरे । उनले ४७ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

२–१ को स्थितिबाट म्याकडोनाल्डले ओपनर थोमस रोजर्ससँग १२० रनको साझेदारी गरेका थिए ।

साम हार्परले ११ रन जोडे । मेलबर्नका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । सोमपाल कामी र साहब आलमका नाममा समान एक विकेट रह्यो ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनको हार व्यहोरेको थियो । नेपालले अब मंगलबार होबर्ट हुरिकेन्ससँग खेल्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित