भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री आज (आइतबार) नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय समकक्षी मिस्री २ दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भारतले छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ । त्यसकै निरन्तरता स्वरूप विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने विश्वास लिइएको छ। भारत नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिममा भारत भ्रमण गर्ने तयारी छ ।

विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका रूपमा पनि लिइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित