काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दुई जना महिलाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।
सोही दिन महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।























