रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, कारागार पुग्यो प्रहरी र सशस्त्रको गाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन् ।

दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित