रास्वपाका नेता मोहन थापा अमेरिकाबाट निष्कासित

काठमाडौं । रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ (निष्कासित) भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हो।

पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा बसेका थापा यही साउन २२ गते राति काठमाडौं उत्रिएका हुन्। थापा अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट काठमाडौं विमानस्थल ओर्लिएका हुन्।

उनलाई अमेरिकास्थित ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय गरेको हो। सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनी विमानस्थलमै समातिएका थिए।

उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले आदेश दिएको थियो। सोही अनुसार उनी डिपोर्ट भएका हुन्।

अमेरिकाबाट डिपोर्ट भएका थापालाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो।

ब्युरोले उनलाई आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर छाडेको बताइएको छ। थापा रास्वपाका सभापति रवि लामिछानेका निकट मानिन्छन्। थापा रविकै जोडबलमा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

थापाको पुर्ख्यौली घर म्याग्दी हो। उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर यसअघि अमेरिकामा जेलसमेत बसेका थिए।

थापाको ग्रीनकार्डसमेत रद्द गरेर अमेरिकाले नेपाल फर्काएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका बेला थापाले कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित