प्रभु बैंकको गत वर्षभन्दा साढे १० गुणाले बढ्यो नाफा

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा साढे १० गुणाले बढाएको हो ।

आम्दानीमा घटे पनि आव २०८०/८१ मा ५१ करोड ९ लाख रुपैयाँ नाफा गरेको प्रभुले नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था फिर्ता अर्थात् प्रोभिजनिङ राइटब्याक ।

बैंकले आव २०८१/८२ मा ७ अर्ब १९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब १२ करोड २६ लाख रुपैयाँ रहेको छ । यता २ अर्ब ५१ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यवस्था फिर्ता अर्थात् प्रोभिजन राइट ब्याक गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्ता आम्दानी क्रमशः ११ अर्ब ८९ करोड ९ लाख र १ अर्ब ९१ करोड ५ लाख थिए । बैंकले अघिल्लो आवमा ४ अर्ब ७१ करोड ९९ लाख रूपैयाँ प्रोभिजन गरेको थियो ।

करिब १ अर्ब १५ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१।८२ मा १३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ९ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ थियो ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित