पुर्जा बनाउन घुस लिएका कलंकी नापीका कार्यालय सहयोगी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुससहित पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले सोमबार कुँवरलाई पक्राउ गरेको हो ।

आयोगले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल डिभाइस दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कार्यालय सहयोगी कुँवरको मोबाइल एक थानसहित पक्राउ गरेको छ । आरोपी कुँवरको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित