सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

बरहथवा । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहेका छन् ।

खोला तरेर खेतमा जाने क्रममा उनी बेपत्ता भएकामा प्रहरीसहित स्थानीयले खोजी गर्दा बरहथवा—१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो । प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित