काठमाडौं । पार्टीको बनस्थलीस्थित कार्यालयमा लामिछानेको कटआउटमा रक्षा बन्धन बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्।
रक्षा बन्धन बाँध्दै उपस्थित समर्थकहरूले सभापति लामिछानेको शीघ्र रिहाइको माग समेत गरेका छन्। यो प्रतीकात्मक कार्यमार्फत उनीहरूले पार्टी सभापतिको रिहाइका लागि दबाब सिर्जना गर्ने प्रयास गरेका छन्।























