रवि लामिछानेका विषयमा कारागार प्रशासन बोल्यो

काठमाडौं । चैत २५ देखि सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखेको विषयमा विभिन्न मिडियामा फरक फरक समाचार आएपछि कारागार प्रशासनले कुनैपनि सुविधामा विभेद नगरिएको जनाएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीले कारागार कार्यालयको विषयमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै समाचारमा प्रकाशित तस्विर यहाँको कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको जनाएका छन् ।

‘सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि पूर्व उपप्रधानमन्त्री तया हाल निलम्बनमा रहनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनु भएको छ। उहाँको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ’, उनले भनेका छन्, ‘कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ। अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। उहाँले चाहेको खण्डमा मात्र बाहिरवाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ।’

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्यतथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित