अहिराजबाट पीडित युवतीको बयान: कोठामा कोही नभएको बेला मुख थुनेर जबरजस्ती गरे

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो।

उनी साउन ४ गते पक्राउ परेका थिए। पक्राउ परेको १० औं दिनमा मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरेको हो। उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ। गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन। अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्। घटना २०८१ जेठ ४ गतेको हो।

अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा मुख थुनेर पटक-पटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ। बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

पीडितले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले नगरेको आरोप छ। पटक -पटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्।

उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्। पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो।

कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो। सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित