प्रचण्ड-माधवबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयक लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै, शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित