अख्तियार प्रमुख प्रेम राईविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध आयोगमै उजुरी परेको छ । आइतबार युवराज पौडेल (सफल)ले आइतबार उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा वाइडबडी जहाज खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला, नक्कली भुटानी शरणार्थी काण्ड लगायतका विषयमा राई मुछिएको उल्लेख गर्दै आवश्यक अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।

पौडेलले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘मिति २०८१ मङ्सिर २० गतेको मुद्दा नं. ०८० सीआर ०१४५ को अन्तिम फैसला सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेमकुमार राईमाथि मुद्दा नचलाइएकोप्रति विशेष अदालतले आपत्ति जनाएको छ । एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नगरी अर्कालाई अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुने फैसलामार्फत अदालतले औँल्याएको छ ।’

त्यस्तै, उजुरीमा राई आपूर्ति सचिवका रूपमा कार्यरत रहँदा नेपाल आयल निगमले भैरहवा, चितवन, सर्लाही, झापा लगायत जिल्लामा करिब डेढ अर्ब रुपैयाँ बराबरको जग्गा खरिद गरेको प्रसंग उल्लेख गरिएको छ । सो निर्णय गर्ने निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहेका राईको भूमिकाबारे प्रश्न उठाउँदै उजुरीमा भनिएको छ, ‘उक्त खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मुद्दा चलाइयो तर निर्णय गर्ने प्रमुख पदाधिकारी राई भने उन्मुक्त भए।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित