विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा

काठमाडौं । एमालेले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ।

एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए।

‘विधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति । भनेको राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुनः नवीकरण गर्ने प्रक्रिया के छ भन्दा विधानको धारा ९ आकर्षित गरेको छ र यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनु पर्ने ध्यानाकर्षण गरेको छ,’ उनले भने।

उनले बैठकमा यी धारालाई विभिन्न कोणबाट छलफल गरिएको र अहिल्यै नै निष्कर्षमा नपुगेको बताए। स्वेइच्छाले राजीनामा गरेको सदस्यले पार्टीमा पुनस् आउने कुरा या पार्टीले खटाएको काममा गएको व्यक्ति पुनः पार्टीमा आउने कुरा यस विषयमा गम्भीर रूपमा छलफल चलिरहेको उनले बताए। ‘पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित