इमेज सहकारी : १ हजार ५७ पीडितले गरे देवकुमारसँग मिलापत्र

बागलुङ । बचत रकम ठगीको आरोपमा पुर्पक्षमा रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग १ हजार ५७ पीडित बचतकर्ताले मिलापत्र गरेका छन् । अधिकांशले घरसारमा मिलेर रकम पाएको भन्दै बचतअनुसारको मिलापत्र बनाएका हुन् । १ लाख रुपैयाँभन्दा कम बचत गरेका अधिकांशले नगदै पाएका छन् भने अन्यले लेनदेनको कागज बनाएका छन् ।

१ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपालीविरुद्ध सहकारीका १ हजार ५ सय ४३ बचतकर्ताले असार २०८० मा जाहेरी दिएका थिए । जिल्ला अदालतले ५ साउन २०८० मा सहकारी ठगी मुद्दामा सञ्चालकहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । भदौ २०८० मा पुनः ३० जनाले पूरक जाहेरी दिएका थिए । फरार रहेका नेपालीलाई भारतबाट पक्राउ गरेर ल्याई असोज २०८१ मा थुनामा पठाइएको थियो । उनी ढोरपाटन नगरपालिकाका निलम्बित प्रमुख पनि हुन् ।

नेपालीलाई आरोप लागेको बिगोभन्दा सम्पत्ति बढी भएकाले बेचेर पनि दिने आश्वासन पाएपछि पीडितहरूले मिलापत्रको अभियान थालेका थिए । बुधबारसम्म जाहेरवालामध्ये १ हजार ५७ जना मुद्दा फिर्ताको पक्षमा उभिएका छन् । बुधबार मात्रै ठूलो रकम भएका सरिता कँडेल, डिलबहादुर कार्की र लोकेन्द्र केसीले पनि मिलापत्र गरेका छन् । अब २५ करोड रुपैयाँ ठगीको जाहेरी बाँकी रहेको जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित