प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी

रुकुम पश्चिम । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । खत्रीमाथि शनिबार साझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

रुकुम पुर्व सिस्ने गाउँपालिका ६ खोपिचार घर भइ सिस्ने गाउँपालिकामा कार्यालय सहायक पदमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् । उनको परिवारले आत्महत्या दुरुत्साहनको आशंकासहित खत्रीमाथि प्रहरीमा जाहेरी दिएको हो ।

परिवारका अनुसार खत्रीले शाहीलाई फोन गरेर बारम्बार टर्चर दिँदै आएका थिए । त्यही टर्चर सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्ने परिवारको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेको व्यक्तिको खोजी कार्य चलिरहेको बताए ।

डेरामा मृत भेटिइन् गाउँपालिकाकी कर्मचारी

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित