सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ वसन्त पार गरेर १९औँ वर्षमा प्रवेश गरेको छ। यही वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो। साथै १९औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको थियो। उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित