डेरामा मृत भेटिइन् गाउँपालिकाकी कर्मचारी

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्।

सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिए। शाही सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी थिइन्।

डिएसपी यादवका अनुसार शनिबार महिला साथीहरु संगै घुम्न जाने योजना बनाएकी थिइन्। उनका साथीहरुले फोन गर्दा नउठेपछि आसपासका चिनजानका मानिसलाई फोन गरी हेरिदिन आग्रह गरेका थिए।

त्यहाँ पुगेर स्थानीयले बोलाउँदा पनि कुनै संकेत नगरेपछि बिहान ९ बजेपछि प्रहरीलाई सूचना दिइएको थियो। चुकुल लगाएको कोठा भित्र फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी डिएसपी यादवले जानकारी दिए।

दिउँसो साढे १ बजेतिर मुचुल्का तयार पारी शब पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। प्रहरीका अनुसार आफन्त आएपछि पोष्टमर्टम सुरु हुने छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित