संसदमा ड्रोन खसालेको आरोपमा पक्राउ परेका ५ जना साधारण तारेखमा छुटे

काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेका ५ जनालाई साधारण तारेखमा रिहा गरिएको छ।

बिहीबार पक्राउ परेका उनीहरूलाई सोमबार फेरि उपस्थित हुने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको थियो।

बोहराका अनुसार पक्राउ पर्नेमा प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडा छन्।

विद्यार्थीहरूलाई प्रधानाध्यापक लक्षमण पोख्रेलले ड्रोन निर्माण गरी परिक्षण गर्न दिएका थिए। सोही क्रममा ड्रोन संसद भवनमा खसेको जनाइएको छ।

संसद भवनमा असार २४ गते बिहान ड्रोन भेटिएको थियो। निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे रामहरि खतिवडाले सदनमा समेत कुरा उठाएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित