काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिन स्वीकृत दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले प्राधिकरणले लिन लागेको १० अर्ब ऋणको लागि अर्थ मन्त्रालयले स्वीकृत दिएको बताए ।
अब प्राधिकरणले यहीँ आर्थिक वर्षमा लोन लिएर तिर्नुपर्ने ठाउँ तिर्ने छ । शाक्यका अनुसार प्राधिकरणले वन र ठेक्का लगायतको करिब १४ अर्ब भुक्तानी गर्नुपर्ने छ ।




































