श्रीलंकाविरुद्ध नेपालको ८ गोल

काठमाडौं । एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ।

समूह एफ अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा श्रीलंकालाई ८-० गोलले हरायो। नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। साम्बाले खेलको २०औं मिनेटमा अग्रता दोब्बर पारिन्। ४२ मिनेटमा साम्बाले नै नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन्। साम्बाले ४४ मिनेटमा ह्याट्रिक गर्दा नेपाल पहिलो हाफमा ४-० गोलले अघि बढ्यो।

पहिलो हाफमा चार गोल गरेको नेपालका लागि गीताले ५४ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौ गोल गरिन्। ६२ मिनेटमा निसा थोकरले गोल गर्दा नेपालको अग्रता ६-० मा पुग्यो। ७८ मिनेटमा रेखा पौडेलले गर्न सफल भइन्। रेखाको गोलसँगै नेपाल ७-० गोलले अघि बढ्यो। ८९ मिनेटमा पूजा रानाले नेपालका लागि आठौं गोल गरेकी थिइन्।

‍छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो।

नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो। अब नेपालले शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। उज्वेकिस्तानलाई हराउन सके नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ। यद्यपी आजै हुने उज्वेकिस्तान र लाओसबीचको खेलले पनि शनिबारको खेललाई प्रभावित गर्नेछ।

उज्वेकिस्तानले लाओसलाई ६ गोलले वा सोभन्द कम अन्तरले पराजित गरे नेपालले अन्तिम खेलमा बराबरी खेल पनि छनोट हुने सम्भावना हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित