काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीमा स्वागत गरेका हुन् ।
कार्की २०२३ साल (विगत ५० वर्षदेखि) कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न रहेका छन् । प्रवेशपछि उनलाई पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने प्रचण्डले बताए ।
























