सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सारछली तथा बिलबीजक नभएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘‘गत आव भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएका थियौं,’’ उनले भने, ‘‘चालु आवमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौं ।’’ गणपति धिमालले सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए । ‘‘हामीले भन्सार छली गरेर ल्याउनेलाई सुक्ष्म निगरानीमा राख्दै आइरहेका हुन्थ्यौं,’’उनले भने, ,‘‘भन्सार कार्यालयसँगको समन्वयमा छापा मार्दा पनि उल्लेखनीय मात्रामा भन्सार छलीका सामान बरामद भएका हुन् ।’’

सशस्त्र प्रहरीले बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयाँ बुझाउँदै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आवको जेठ १० गतेसम्मको अवधिमा बिलबीजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ । जबकी गत आवभरिमा भने सशस्त्र प्रहरीले बिलबीजकअनुसार नभएका १९ करोड ३८ लाख २९ हजार सात सय ५६ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सीमा सुरक्षामा खटिने प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा पनि तिव्रता पाएको बताए ।

‘‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’’ उनले भने,‘‘पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तिव्रता पाएको हो ।’’ सशस्त्र प्रहरीले चालु आवमा स्रोत नखुलेको (हुण्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरेको छ ।

गत आव भरिमा सशस्त्र प्रहरीले रु ७९ लाख २६ हजार दुई सय ६५ स्रोत नखुलेको रकम बरामद गरेको छ । त्यस्तै चालु आवमा ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरेको छ । गत आवभरिमा भने ४० लाख ९३ हजार तीन सय ५५ मूल्य पर्ने एक हजार पाँच सय ५४ क्यूफिट काठ बरामद गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित