श्रीमान्–श्रीमतीको झगडापछि चिया पसलमा आगलागी, श्रीमती फरार

भद्रपुर । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईंले मादक पदार्थ सेवन पश्चात श्रीमान् सँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको २० मिनेटपछि स्थानीयवासी र बिर्तामोर्ड नगरपालिकाको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित