१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा वाइसिएल नेता पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का एक नेता बलात्कार आरोपमा पक्राउ परेका छन्।

रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट उनलाई पक्राउ गरिएको थियो।

उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। जो अहिले छोरीकी आमा समेत भइसकेकी छन्।

१७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन्। मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ।

ती किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए।

क्षेत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाब दिएपनि आफूले अस्वीकार गरेको बताएकी छन्। छोरीको जन्म भएपछि क्षेत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान समेत चेतावनी दिएको आरोप छ।

यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए। बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित