बडिगाड । बागलुङमा १४ वर्षीया नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २८ गते आफन्तकोबाट घर फर्किँदै गरेकी १४ वर्षीया नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर ८ बस्ने ३० वर्षीय यमप्रसाद श्रीस, सोही ठाउँका २५ वर्षीय गुणबहादुर श्रीष र सोही ठाउँका झमु श्रीसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले असार ९ गते पक्राउ गरी जबरजस्ती करण गर्न नहुने कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक थापाले जानकारी दिए ।