बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपी निवासमा भोज, प्रहरीले थाल्यो छानविन

काठमाडौं । बलात्कार मुद्धामा सफाई पाएको भोलिपल्ट डीएसपीको निवासमा गरेको भोजको घटनाको विषयमा छानविन समिति गठन भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो।

उक्त समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डिएसपी विनोद यादवले जानकारी दिए। सप्तरीमा बलात्कार मुद्दामा राजविराज ६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डिएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए।

यस विषयमा आइजिपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए।

‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु। इन्स्पेक्टरको बर्थड‍‍े रहेछ। उनले लगेर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ,’ उनले भने।

राजविराज ६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए। त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन बनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा पार्टी गरिरहेको तस्बिर बाहिरिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित