गण्डकीका सांसद जुग्जालीले संसदमै च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्।

उनको गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्। गण्डकी सरकारले असार १ गते ल्याएको बजेटमाथि अहिले प्रदेश सभामा छलफल भइरहेको छ। सोमबार भएको छलफलमा सांसद जुग्जालीले आफ्नो मन्तव्य बजेट पुस्तिका च्यातेर टुंग्याएका थिए।

‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले किताब च्यात्दै भनेका थिए।

नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।

एमाले र माओवादी केन्द्र गठबन्धन भएपछि जुग्जाली मन्त्रीबाट हटेका थिए भने उनको ठाउँमा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ मन्त्री भएका थिए।

कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल बनेको छ। जुग्जालीले सोमबारको छलफलमा मुख्यमन्त्री र मन्त्रीहरूले म्याग्दीको भूगोल नबुझेको दाबी गरे।

प्रतिपक्षमा म्याग्दीबाट २ जना सांसद रहेको र उनीहरूका योजनामा विनियोजित बजेट लैजान पनि उनले सरकारलाई आग्रह गरे।

प्रदेश सरकारले बजेट बनाउँदा ७० प्रतिशत बजेट पुराना बहुबर्षे योजनालाई र ४० प्रतिशत नयाँ योजनालाई बजेट विनियोजन गर्नुपर्ने उनले तर्क गरेका थिए।

‘५९ प्रतिशत हाराहारी बजेट पुराना बहुबर्षे योजनालाई हालेको देखियो। ४० प्रतिशत बजेट नयाँ योजनामा राखियो,’ उनले भने, ‘७० प्रतिशत बहुबर्षे योजनामा दायित्व राख्नुपर्थ्यो।’

म्याग्दीमा बजेट कम विनियोजन गरेको भन्दै जुग्जालीले कांग्रेस र एमालेका नेता कार्यकर्ता मास्क लगाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित