विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकैठाउँमा, कालोपुलमा खुल्यो अटो पार्लर

काठमाडौं । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी)हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्‍याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए। वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनाका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जानकारी उनले दिए ।

केसीका अनुसार अटो पार्लरले तत्कालका लागि विभिन्न ब्राण्ड र मोडलअनुसारको एसेसोरिजहरू उपलब्ध गराएको छ । जस्तैः बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसोरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध रहेको उनको भनाइ छ । ‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसोरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्राण्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसोरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित