बैंकिङ कसुरमा पक्राउ परेका एक व्यवसायीको कारागारमा शंकास्पद मृत्यु

कैलाली । कैलालीस्थित जिल्ला कारागारभित्र शंकास्पद रुपमा एक व्यवसायीको मृत्यु भएको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। आफन्तले उनको मृत्यु सामान्य नभएर पूर्व नियोजित भएको भन्दै आरोप लगाएका छन् ।

प्रहरीले भने बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित