कालीका भगवती मन्दिर : जेष्ठ महिनाको आम्दानी २८ लाख ८७ हजार

राजेशचन्द्र राजभण्डारी
बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिर व्यवस्थापन समितिले जेठ महिनामा मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्षकुमार खड्काको अध्यक्षतामा बसेको गुठीको बैठकले कालिका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार १ सय २७ रूपैयाँ आम्दानी गरेको हिसाबकिताब सार्वजनिक गरेको छ ।

जेठ महिनामा मन्दिरले २८ लाख ८७ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ । जसमा भक्तजनले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३० चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको बिक्री ७७ हजार ७ सय, ५० कुखुराको ४ हजार ९ सय ५० आम्दानी भएको हो । भाडामा दिएको सटरबाट ३ लाख ९ हजार ५ सय ४० विवाहबाट ५ हजार आर्थिक सहयोग मार्फत १ लाख २५ हजार ८ सय ७ रुपैयाँ, परेवा विक्रीबाट ५ लाख ५० हजार ७ सय ५० पण्डितबाट १४ हजार ६ सय राँगाबाट २ हजार २ सय आम्दानी भएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिमा जेठ महिनामा १५ लाख ८१ हजार ८ सय ५० रूपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।

जेठ महिनामा गुठीका कर्मचारीलाई तलब ३ लाख ९० हजार, बिधुत खर्च ३१ हजार २ सय अतिथि सत्कार १ लाख २६ हजार ५ सय, आर्थिक सहयोग ३० हजार, पूर्वाधार विकास तथा निर्माण ५ लाख २५ हजार, पुजा खर्च ३६ हजार, पोशाक ५० हजार खाध्यान्न तथा आवास ७७ हजार ९ सय, यातायात भ्रमण ७५ हजार , इन्धन २६ हजार ७ सय बिज्ञापन ३ हजार र चैत्राष्ठमी मेलामा २ लाख खर्च भएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

जेठ महिनामा २८ लाख ८७ हजार १ सय २७ रूपैयाँ आम्दानी गरेको गुठीले खर्च तर्फ १५ लाख ८१ हजार ८ सय ५० रूपैयाँ खर्च गरि १३ लाख ५ हजार ३ सय २७ रूपैयाँ आम्दानी गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित