तीनकुने घटना : धवलशमशेरको सकियो बयान

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अभियुक्त बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाको बयान सकिएको छ । सोमबार (असार २) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । जडीबुटीस्थित जडीबुटी कम्पनीसहित निजी घरमा आगजनी र तोडफोड, भाटभटेनी सुपरमार्केटमा लुटपाट गरिएको थियो । नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पनि आगजनी गरिएको थियो ।

सडकका सीसीटीभी फुटाइएको थियो । प्रहरी र निजी सवारीसाधनमा समेत क्षति पुगेको थियो । घटनापछि त्यही दिन राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउको केही दिनपछि स्वास्थ्य अवस्थाका कारण जिल्ला अदालतको आदेशबाट उनी रिहा भएका थिए । मुद्दा दायरपछि प्रहरीमा समेत अनुपस्थित भएर उनले ५० हजार रुपैयाँ जरिवाना वकिलमार्फत तिरेका थिए ।

राणा बाँकी प्रतिवादीको सुनुवाइ सकिएपछि सोमबार अदालतमा उपस्थित भएका हुन् । राणाका सहयोगीका अनुसार, यति बेलासम्म उनका तर्फबाट तीन वकिलले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसहित तीनजनाको बहस सकिएको छ । सरकारी वकिलको बहस जारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित