पाँचथरमा निर्माणाधीन मोडुलर पुल भाचिँयो, तीन जना कामदारको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा निर्माणाधीन मोडुलर पुल निर्माणका भाचिँदा तीन जना कामदारको मृत्यु भएको छ ।

शनिबार साँझ निर्माणाधीन पुल निर्माणका क्रममा भाचिएको थियो । पुल भाचिँदा ६ जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

अन्य घाइतेहरू प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ । ७० मिटर लामो खोलामा मोडुलर पुल वारपार जोडेर सकिनै लागेका बेलामा भाचिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित