काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कार्यविभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले आज सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ ।
कसलाई केको जिम्मेवारी

































